हेटौंडा | हेटौंडा उपमहानगरपालिका–९ कुखरेनी खोला सामुदायीक बन क्षत्रेमा मानवेश्वर कुण्ड निर्माण थालिएको छ ।
बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय मातहत रहेको पर्यटन विकास आयोजनाले बिनियोजन गरेको ८६ लाख रुपैयाँ बजेट मार्फत कुण्डको पहिलो चरणको काम थालिएको हो ।
मानवेश्वर कुण्ड निर्माण समितिले डिपिआर तयार पारेर ९० मिटर लम्बाई र ५० मिटर चौडाईको पोखरीमा निर्माण हुने प्रोटेक्सन वालको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले शिलान्यास गरेकी हुन् ।
कुण्डको शिलान्यास गर्दै नगरप्रमुख लामाले आन्तरीक र बाह्य आगन्तुकका लागि कुखुरेनी नयाँ गन्तव्यको रुपमा विकास हुने बताइन् । उनले उपमहानगर क्षेत्रमा यस्तै पोखरी र तालहरु निर्माण गरेर पर्यटकको आक्रषण केन्द्र बनाउने तयारीमा लागिरहेको बताइन् । उनले भनिन् ‘ताल हेर्न र घुम्न कै लागि भनेर धेरै मानिस हेटौंडा हुँदै आवत जावत गर्छन, उनिहरुलाई हेटौंडामै रोक्ने वातबरण बनाउन जरुरी छ ।’
यसै कुखरेनी खोलाको पारी हेटौंडा–१४ मा फनपार्क सहितको आकर्षक पिकनिक स्पोट बनाउँनका लागि छलफल चलिरहेको उनले बताइन् । बजारबाट नजिक रहेका खाली ठाउँलाई व्यवस्थापन गर्दै लैजाने तयारी उपमहानगरले गरीरहेको उनले बताइन् । बागमती प्रदेशको राजधानी समेत रहेको उपमहानगरपालिकालाई व्यवस्थित र सुन्दर बनाउने कुरामा सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाई थियो ।
बागमती प्रदेश पर्यटन आयोजनाले पहिलो चरणका लागि बिनियोजन गरेको ८६ लाख रुपैयाँबाट पहिलो चरणमा कुण्ड निर्माणको काम थालिएको निर्माण समितिले जनाएको छ ।
कुखरेनी खोला सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष अन्जन दाहालको अध्यक्षतामा भएको कुण्ड शिलान्यास कार्यक्रममा हेटौंडा ९ का वडा अध्यक्ष सुकराम केसी, १४ का अध्यक्ष दिपक खड्का, धाप टोलविकास सस्थाका अध्यक्ष लिला थापा र कुण्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेशकुमार मिश्रको आतिथ्यता रहेको थियो ।