हेटौडा। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज आफ्नो पद तथा गोपनीयताका शपथ ग्रहण गर्ने भएका छन् । उनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथग्रहण गर्नेछन् ।
राष्ट्रपतिको कार्यालयले पौडेलको शपथ समारोह दिउँसो १ बजेका लागि तय गरेको जनाएको छ । सपथग्रहणमा उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट महानुभावको उपस्थिति रहनेछ । नयाँ राष्ट्रपतिको शपथ ग्रहणपछि राष्ट्रपति विद्यादेवी भण्डारी निजी निवास सर्ने छिन् । दिउँसो १ बजे नयाँ राष्ट्रपतिको शपथ भएपछि २ बजे भित्र उनले शीतल निवास छोड्ने छिन् । उनलाई आइतबार नै औपचारिक रूपमा बिदाइ गरिएको छ ।
सेयर गर्नुहोस्