माओवादी धारको संयुक्त अन्तरक्रिया आगामी चैत्र ८ गते हुने

हेटौंडा टुडे
२९ फाल्गुन २०७९, सोमबार १३:२३

हेटौंडा | माओवादी धारको संयुक्त अन्तरक्रिया आगामी चैत्र ८ गते हुने भएको छ । अन्तरक्रिया कार्यक्रम काठमाडौंको प्रज्ञा भवनमा हुने भएको हो ।

फागुन ३० गते गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम ८ दिनपछि हुने गरी सरेको हो । गत आर्इतबार संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले चैत्र ८ गते मात्रै अन्तरक्रिया गर्ने नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले जानकारी दिए ।
कार्यक्रम गर्न हलको समस्या भएकाले अन्तरक्रिया कार्यक्रम सारेको उनले बताए । जनयुद्धकालीन मुद्दाका विषयमा सरोकारवाला निकायलाई बोलाएर छलफल गरिने बुढाले बताए । पहिलो चरणको कार्यक्रम सकिएपछि दोस्रो चरणको कार्यक्रम गर्ने तयारी गरिएको छ ।

अहिले माओवादी धार ६ पुगेका छन् । यसअघि ९ माओवादी धार भएपनि असमझदारी राखेर तीन पार्टी अलग भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*