हेटौंडा| नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानले बधाई दिएको छ । पाकिस्तानको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जालमार्फत् पौडेललाई बधाई दिएको हो ।
साथै शुभकामना दिँदै मिलेर अघि बढ्न तत्पर रहेको पाकिस्तानी राष्ट्रपति कार्यालयले दिएको बधाई सन्देशमा उल्लेख गरिएको छ।
‘सम्माननीय रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । नेपाल–पाकिस्तान सम्बन्धलाई अझै प्रगति गरी अघि बढाउन उहाँसँग काम गर्न तत्पर छौं,’ सन्देशमा भनिएको छ ।
सेयर गर्नुहोस्