हेटौंडा| राष्ट्रपति रामचन्द्र पौडेललाई जापानका प्रधानमन्त्री किशिदा फुमियोले बधाइ ज्ञापन गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहणसँगै प्रधानमन्त्री किशिदाले आज ९मङ्गलबार० औपचारिक पत्रमार्फत उहाँलाई बधाइ ज्ञापन गर्नुभएको यहाँस्थित जापानी राजदूतावासले जनाएको छ ।
राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालको सामाजिक र आर्थिक विकासका लागि द्विपक्षीय सम्बन्ध र मित्रतालाई प्रवर्द्धन गर्न तथा सहकार्य गर्न जापान सरकार नेपाल सरकारसँग थप काम गर्न तत्पर रहेको प्रधानमन्त्री किशिदाले उल्लेख गर्नुभएको छ । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । रासस
सेयर गर्नुहोस्