हेटौंडा| सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान ९डिडिसी० लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको हो ।
संस्थानका निमित्त उपमहाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले आजदेखि लागू हुने गरी देशभर दूधको मूल्य बढाएको राससलाई जानकारी दिनुभयो ।
यही फागुन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार कृषकबाट उत्पादित चार युनिट घृतांश र आठ युनिट घृतांशरहित दुग्ध ठोस पदार्थ भएको कच्चा दूधको प्रतिलिटरको कृषक खरिद मूल्य प्रतिलिटर खरिद मूल्य न्यूनतम रु। ६५ कायम गरिएको उहाँले बताउनुभयो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र उपभोक्ताले नयाँ मूल्य तिर्नुपर्ने डिडिसीले जनाएको छ । निलो प्याकेटको मूल्य प्रतिलिटर ११ रुपियाँ बढेको छ । यसअघि प्रतिलिटर ८६ रुपैयाँ रहेको नीलो प्याकेटको मूल्य आजदेखि काठमाडौँ, विराटनगर, जनकपुर र हे
टौँडामा ९७ रुपियाँ पर्नेछ । त्यस्तै बुटबलमा ९४ तथा नेपालगञ्ज र धनगढीमा ९२ रुपियाँ कायम भएको संस्थानले जनाएको छ । रासस