बस दुर्घटना हुँदा ३ जनाको अवस्था गम्भीर

हेटौंडा टुडे
२ चैत्र २०७९, बिहीबार १७:२७

हेटौंडा | पुर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नं.६ नयाँबस्तिस्थित यात्रुबहाक बस दुर्घटना भएको छ ।

नारायणघाटबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख १३२६ नम्बरको बस बिहीबार साँझ दुर्घटना भएको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार बस सडकबाट बस अनियन्त्रीत भएर मकै बारीमा खसेको छ ।

प्रहरीका अनुसार बसमा १४ जना रहेका छन् । जसमा ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको उद्धार गरी भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image