हेटौंडा| शुक्रबार पनि छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । योसँगै छापावाल सुनको मूल्य १ लाख ७ हजार १ सय रुपैयाँ पुगेको छ ।
यसअघि गत १२ फागुनमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । सोही रेकर्डलाई तोड्दै शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।
त्यस्तै, आज तेजाबी सुनको मूल्यसमेत तोलामा ४ सय रुपैयाँले नै बढ्दै १ लाख ६ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्