हेटौंडा | अरुको अगाडी आफुलाई “एलर्जी पिस” हुनबाट बच्न निम्नलिखित उपाय अबलम्बन गर्न सकिन्छ:
१ एकपटक पुरै घन्टी जाँदा पनि फोन उठेन भने एस एम एस गर्न सकीन्छ, त्यसको पनि जवाफ आएन भने अपबाद लाई छोडेर तपाईं सँग कुरा गर्न नखोजेको हो भन्ने बुझ्नु पर्छ, तारन्तार फोन गरेर आफुलाई जोक्कर साबीत नगर्नुस
२ आफु सँग सल्लाह नमागीकन कसैलाई पनि यस्तो र उस्तो गर्नु भनेर नभन्नुस, अरु मान्छे पनि तपाईं जतिकै ज्ञाता हुन् सक्छन
३ कुनै पनि महिला ले लगाएको लुगा को आधारमा उसको चरित्र हत्या नगर्नुस
४ यदी तपाईं लाई कसैको गोप्य कुरा थाहा छ भने त्यो तपाईं आफै सँग सिमित राख्नुस, अरुलाई त्यो कुरा भन्दै हिड्ने तपाईं उसको प्रबक्ता होइन
५ कुनै दम्पतीले लामो समय सम्म सन्तानको जन्म दिएनन भने बच्चा कहिले हो भनेर उनीहरुलाई हैरानी नदिनुस, के उनीहरुले बच्चा जन्माए भने तपाईं निशुल्क रुपमा त्यो बच्चा को लुगा धुने वा आची पुछिदिने हो?
६ घर किन नबनाएको, गाडी किन नकिनेको जस्ता प्रश्न सोधेर हैरान नपार्नुस? यदी पैसा छैन भन्यो भने तपाईं ले दिने हो?
७ अरुको घरमा गएर फ्रिज, टेबुल को ड्र्यर र दराज हरु खोल्ने काम नगर्नुस
८ यदी तपाईं लाई कसैले आफ्नो फोनमा कुनै तस्बीर देखायो भने त्यो तस्बीर मात्र हेर्नुस, स्वाइप गरेर अरु तस्बीर नहेर्नुस
९ अरुको शरीर को बनावट को बारेमा जस्तै: भुँडी बढ्यो, कपाल झर्यो जस्ता सल्लाह नदिनुस
१० अरुको बच्चा लाई कस्तो कालो, कस्तो होचो जस्ता प्रतिक्रिया नदिनुस
११ आफुले पालेको कुकुर लगायत का जनावर आफ्नै पारिवारीक सदस्य जस्तै हुने भएको कारण त्यस्ता जनावर लाई हेप्ने काम नगर्नुस
१२ तपाईं सँग परिचित कुनै सार्बजनिक जीवनका मान्छे वा सेलिब्रेटी हरुको समर्थन वा बिरोध मा अरु सँग झगडा नगर्नुस
१३ कसै सँग नगद वा जिन्सी सापट लिएको छ भने इमान्दारी का साथ् फिर्ता गर्नुस र आफ्नो कठीन समयमा सहयोग गरेकोमा ह्रदय देखी धन्यवाद दिनुस
१४ अरुले आफ्नो बारेमा भनेको जती सहन सक्नुहुन्छ त्यती मात्र अरुलाई भन्नुस, अरुलाई भन्दा म मनमा लागेको स्पष्ट भन्ने हो भन्ने ले अरुलाई मन मा लागेको पनि सुन्न सक्नुपर्छ
१५ अरुको घरको छोरी बुहारी ले अरु सँग बोलेको, हाँसेको आधारमा त्यो खत्तम नभन्नुस, तपाईं कै घरको महिला को तपाईं ठेक्क लिन सक्नुहुन्न भने अरुको कसरी सक्नुहुन्छ
१६ उसले मेरो यती र उती पैसा खायो भनेर धेरै गित नगाउनुस, यस्तो कुरा मा कसैलाई पनि रुची हुँदैन
१७ आफ्नो प्रेम वा यौन सम्बन्ध, आफु सँग भएको सम्पत्ती र कमाई तथा आफ्नो भविष्य को योजना कसैलाई पनि नभन्नुस, यसले कुनै फाइदा गर्दैन, त्यस्तै परे हानी हुने खतरा रहन्छ
१८ परिचित वा अपरिचित महिला सँग कुरा गर्दा समदुरी राखेर कुरा गर्नुस, बिनाकारण छुने, टाँसिने र अप्र्त्यक्ष रुपमा यौनका कुरा नगर्नुस यस्तो मान्छे लाई अँग्रेजीमा “सिक पप्पी” भनीन्छ
१९ कसैले मासु, रक्सी र पिरो खाँदैन भने एकबार को जुनी मा रमाइलो गर्नुपर्छ नभन्नुस, स्वाद वा खाना भनेको नितान्त व्यक्तिगत रुची को बिषय हो त्यसैकारण अरुको रुची को सम्मान गर्नुस
२० कसैलाई पनि यो र उ ब्यापार गर्नुपर्छ भनेर हैरान नगर्नुस, सबै मान्छे आफ्नो बारेमा के गर्दा फाइदा हुन्छ भन्ने बिषयमा जानकार छन्
२१ आफ्नो क्षमता, मेहनत र योग्यता ले कसैले प्राप्त गरेको उपलब्धी लाई स्वीकार गरौँ. त्यो हिजो सम्म यस्तो र उस्तो थियो भनेर नीचा देखाउने काम नगरौँ. हिजो सम्म सबै उस्तै हुन् तर आजको उ मात्र किन त्यस्तो भयो? बच्चा मा सबैले कट्टु मै पिसाब गरेका थिए होइन र?
२२ आफ्नो असफलता लाई यो देश ठग र फटाहा को मात्र हो भनेर नभनौँ. आत्म मुल्याङ्कन गरेर आफ्नो कमी कमजोरी सुधार्ने प्रयास गरौँ
२३ अरुको प्रतिभा को कदर गरौँ. जसले पनि नाच्छ, गाउँछ र लेख्छ नभनौँ. आफुले गरेर देखाउने गरौँ
२४ आर्ट्स, कमर्स पढ्ने लाई हेपेर खेली खेली पास हुन्छ नभनौँ. यो सँसारमा साइन्स मात्र पढ्ने बिषय होइन र डाक्टर र इन्जिनियर मात्र सम्मानीत पेशा होइन
२५ अरुको पेशा लाई पनि सम्मान गरौँ. वकील, पत्रकार सबै चोर हुन् भन्ने जस्ता वाक्य नभनौँ
अन्तमा आफुलाई जे कुरा मनपर्दैन त्यो कुरा अरुलाई पनि भन्ने नगर्नुस.