
हेटौंडा | पछिल्लो २४ घण्टामा नेपालमा ४२ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन् ।
९ सय १५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३ सय पीसीआर परीक्षण गर्दा ३७ जना र ६ सय १५ एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ सय २३ रहेको मन्त्रालयले जनाएको छ ।


सेयर गर्नुहोस्