चुरेहिल अस्पतालको फार्मेसी अबैध, प्रशासनले लगायो ताला

हेटौंडा टुडे
१६ चैत्र २०७९, बिहीबार १९:१५

हेटौंडा । हेटौंडा -११ थानाभर्र्याङ् रहेको  चुरेहिल अस्पतालको फार्मेसी  अबैध रुपमा संचालन भएको पाईएको छ ।
फार्मेसीमा म्याद गुज्रिएको औषधि फेला परेको, दर्ता र संचालन अनुमती नभएको भेटिएपछी बिहिबार गएको जिल्ला प्रशासन कार्यालयको नेतृत्वको अनुगमन टोलिले फार्मेसीमा ताला लगाए सङै प्रशासनले बन्द गराएको छ

चुरेहिलको फार्मेसीले गम्भीर लापरबाही गरेको देखिएपनि प्रशासनले कारबाही गर्न आनाकानी गरेको थियो । अनुगमन टोलिले जनस्वास्थ्य माथी गम्भीर खेलवाड गरेको प्रत्यक्ष देख्दापनि फार्मेसीलाई सुझाव र निर्देशन दिएर छाड्ने भनेपछि उपभोक्ता हित संरक्षण मन्चले आपत्ति जनाएको थियो ।
अनुगमन टोलिविच नै विवादको अवस्था सृजना भएपछी प्रशासनले आज बिहिबार साझ बल्ल बल्ल ताला लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image