हेटौंडा । मकवानपुरमा एम्बुलेन्स दुर्घटना दुर्घटना हुदा एक जना घाईते भएका छन । हेटौंडा नारायणघाट सडकखन्ड अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर– ६ नयाँबस्ति एम्बुलेन्स दुर्घटना हुँदा त्यसका चालक घाइते भएका छन् । हेटौडाबाट चितवन जाँदै गरेको ना २ च ४१६१ नम्बरको खाली एम्बुलेन्स आफै अनियन्त्रीत भई सडकबाट ४ मिटर तल खस्दा चालक घाइते भएका हुन् ।
एम्बुलेन्सका चालक भरतपुर महानगरपालिका वडा नम्बर– १० बस्ने २६ वर्षिय राजु श्रेष्ठको खुट्टा र ढाडहरुमा चोट लागेको छ । घाईते श्रेष्ठको उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा लगिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
सेयर गर्नुहोस्