जेनिथमा अब सिटिईभिटी कार्यक्रम, कुक र मन्टेश्वरीको तालिम पनि हुने

हेटौंडा टुडे
२४ चैत्र २०७९, शुक्रबार २०:१९

हेटौंडा ।  जेनिथ ईन्टरनेशनल सेकेन्डरी विद्यालय हेटौंडा ५ ले आर्थिक बर्ष २०७९-८० मा सिटिईभिटी कार्यक्रम गर्ने भएको छ । विद्यालयले आज शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कुराको जानकारी गराएको थियो ।

विद्यालयका प्रिन्सीपल श्री बहादुर कार्कीले विद्यालयले लेवल वानको व्यवसायिक खाना बनाउने र बेकरी सम्बन्धित ७९२ घण्टाको तालिम प्रदान गरिने बताए । त्यस्तै, हेरचाहकर्ता (कियर गिभर) र मन्टेश्वरीको ३९० घण्टाका तालिम प्रदान गरिने बताए ।  विभिन्न संघ संस्थाले तालिम प्रदान गरेता पनि मकवानपुरमा पहिलो पटक विद्यालयले यी तामिल प्रदान गर्न लागिएको प्रिन्सीपल कार्कीले बताए ।

हरेक विषयगत तालिममा ३०/३० जनाले सहभागिता जनाउन सकिने बताइएको छ । सिटिईभिटी मान्यता प्राप्त हुने भएकाले यी तालिम लिन धेरै आतुर रहेको समेत कार्कीले बताएका छन् । तालिम सशुल्क रहने जनाइएको छ ।
शिक्षा क्षेत्रको विकासमा हाम्रो थप सेवा वा योगदान पुग्ने हिसाबले तालिमको आयोजना गर्न लागिएको उनले बताए । शैक्षिक हवको रुपमा लैजानका लागि विभिन्न स्वरोजगार हुने खालका तालिम प्रदान गर्ने लक्ष्य आफुहरुको रहेको कार्कीले बताए ।

सिटी कलेज अन्तरगत हामीले वाणिज्य संकाय र विज्ञान संकाय अध्यापन गराउँदै आइरहेको बताउँदै थप अंग्रेजी माध्यममा कानुन विषय समेत पठनपाठन सुरु गरिएको प्रिन्सीपल कार्कीले बताए । आगामी दिनहरुमा स्वास्थ्यको ल्याव र एचए विषय पनि पढाउने तयारी रहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image