सन्दीप लामिछानेविरुद्धको मुद्धामाथि आज सुनुवाइ हुँदै

हेटौंडा टुडे
२६ चैत्र २०७९, आईतवार ११:५३

हेटौंडा| नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्धामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंमा आज सुनुवाइ हुन लागेको हो ।
गत साता हेर्न नभ्याएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।

पुस २९ गते लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए ।

धरौटीमा रिहा भएसंगै लामिछाने क्रिकेट खेलमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image