आइपिएलमा मुम्बईमाथि चेन्नईको शानदार जित

हेटौंडा टुडे
२६ चैत्र २०७९, आईतवार १२:१२

हेटौंडा | इन्डियन प्रिमियर लिग ९आइपिएल०मा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि ७ विकेटको शानदार जित हात पारेको छ ।

गएराति भएको खेलमा तेस्रो खेलमा दोस्रो जित हात पारेको हो । मुम्बईको भने यो लगातार दोस्रो हार हो । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

आइपिएलमा आज आइतबार दुई खेल हुँदैछ । पहिलो खेल दिउँसो ३ः४५ मा गुजरात र कोलकाताबीच हुनेछ । दोस्रो खेल साँझ ७ः४५ बजेबाट हैदराबाद र पञ्जावबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image