हेटौंडा| सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । लगातार घट्दो क्रममा रहेको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन भने ५।५४ अंकले वृद्धि हुँदा १८४४।०२ बन्द भएको छ ।
बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने घटेको छ । सोमबार होटल तथा पर्यटन उपसूचक १।७१ प्रतिशत र व्यापार उपसूचक १।३० प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०।३५ प्रतिशतले वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक भने ०।११ प्रतिशतले गिरावट भएको हो ।
सेयर गर्नुहोस्