हेटौंडा । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। सुन र चाँदी अघिल्लो दिनको तुलनामा क्रमश प्रतितोला पाँच सय रुपैयाँ र ५ रुपैयाँले बढेको हो।
मंगलबार सुनको भाउ बढेसँगै छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी सिल्प व्यवसायी महासंघले जनाएको छ।त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।
सेयर गर्नुहोस्