जग्गा विवादमा गोली चल्दा एक जनाको मृत्यु

हेटौंडा टुडे
३ बैशाख २०८०, आईतवार ११:०८

हेटौंडा| रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोली लागेर स्थानीय राजकुमार राय यादव रहेका छन् ।  उनलाई उपचारका लागि बीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु  भएको रौतहटका प्रहरी उपरीक्षक बीरबहादुर बुढामगरले जानकारी दिए । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएको र उनीहरूको उपचार भइरहेको जनाइएको छ ।

गढीमाई नगरपालिका-८ धोबिनियामा जग्गासम्बन्धी छलफलका क्रममा दुई पक्षबीच झडप हुँदा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको थियो ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको र बन्दुक समेत बरामद गरि अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक एसपी बुढामगरले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*