नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्रीको शपथ लिने

हेटौंडा टुडे
३ बैशाख २०८०, आईतवार १२:५९

हेटौंडा| प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । आज दिउँसो एक मन्त्रीले शपथ लिने भएका हुन् ।

नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्रीको शपथ लिन लागेका छन् । आइतबार ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ ग्रहण गराउन छन् ।

कांग्रेसको भागमा बाँकी रहेको ४ मन्त्रालयबाट कांग्रेस सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री दाहाललाई शनिबार साँझ बुझाएका थिए ।
बाँकी मन्त्री कांग्रेसले उपनिर्वाचनपछि पठाउने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*