
हेटौंडा| पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकामा ४ जना भेन्टिलेटरमा रहेका छन् भने संस्थागत आइसाेलेसनमा ३७, आईसीयुमा ११ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५० जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् भने हाल कोरोनाका ३७७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


सेयर गर्नुहोस्