हेटौंडा|आज साता शेयर कारोबार अर्थात नयाँ सालको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से २.८० अंकले घट्दा १९३१.६८ को विन्दुमा कायम भएको छ ।
आज चार उपसूचक बाहेक सबै कम्पनीको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल र टुरिजमको उपसूचक बढेको छ।
आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आदर्श लघुवित्त, मैलुङ खोलाको शेयर र कालिन्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
सेयर गर्नुहोस्