भारतबाट बढेर आयो इन्धनको मूल्य

हेटौंडा टुडे
५ बैशाख २०८०, मंगलवार ११:१८

हेटौंडा । भारतबाट डिजेल–पेट्रोलको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसनले आज पठाएको मुल्य सूची अनुसार डिजेलमा एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ मूल्य बढेर आएको नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताएका छन्।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको उनले बताए । १५ दिन अघि कच्चा तेल प्रतिब्यारेल ७५र७६ अमेरिकी डलर रहेकोमा अहिले अहिले प्रतिब्यारेल ८५ डलर पुगेको छ।हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ  रहेको छ।  आइओसीले नेपाल आयल निगमलाई पन्ध्र(पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउने गर्दछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*