
हेटौंडा| शहीद स्मारक ए डिभिजन लिग फुटबल आज दुई खेल हुँदैछ । आज हुने दशौँ चरणका अन्तिम दुई खेलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा तथा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथबीच प्रतिस्पर्धा हुनेछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा थ्रीस्टार क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
उता, दशरथ रङ्गशालामा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ भिड्ने छन् । सो खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।


सेयर गर्नुहोस्