थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा टुडे
८ बैशाख २०८०, शुक्रबार १७:०२

हेटौंडा|पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

सो अवधिमा १ हजार ८८३ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, योसँगै सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image