
हेटौडा । पछिल्लो २४ घण्टामा देशभर थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार एक हजार ८१० नमुना परीक्षण गर्दा ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर परीक्षणमा ६४ जनामा र एन्टिजेन परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको छ ।यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ३६२ रहेको छ । साथै पछिल्लो २४ घण्टामा ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


सेयर गर्नुहोस्