
हेटौंडा| जोर्डनमा जारी एएफसी यू-१७ महिला एसियन कप छनोटमा नेपाल इरानसँग पराजित भएको छ ।
समूह एच अन्तर्गतको खेलको ८१ औं मिनेटमा ईरानले गोल गर्दा नेपाल पराजित भएको हो ।
जोर्डनको प्रिन्स मोहमद स्टेडियममा बुधबार राति भएको खेलमा नेपाललाई १-० ले पराजित गर्न ईरानकी एरिसा कुह गार्डले गोल गरिन् ।
अब नेपालले दोस्रो खेल शुक्रबार आयोजक जोर्डनसँग खेल्ने छ। यस समूहमा नेपाल, जोर्डन र इरान रहेका छन् । समूह विजेता टिमले छनोटको दोस्रो चरणमा खेल्न पाउनेछ ।


सेयर गर्नुहोस्