हेटौंडा|नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला २ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार प्रतितोला १०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ कायम गरिएको छ । यसैगरि तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
आज बिहीबार चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
सेयर गर्नुहोस्