हेटौंडा| शेयर बजार आज आइतवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ११ अङ्कले घटेर एक हजार आठ सय ७० दशमलव ६५ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेर राताम्मे भएको छ । बजार घटेको दिन आज कारोबार रकम भने केही बढेको छ । आज दुई सय ७१ वटा कम्पनीका ३२ लाख छ हजार कित्ता शेयर ९५ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको चार करोड २५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै अपर सोलु हाइड्रोपावरको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को शेयर तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।
सेयर गर्नुहोस्