हेटौंडा|शेयर बजार सोमबार बन्द रहने भएको छ । बैशाख १८ गते सोमबार सरकारले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो ।
अब शेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचिकृत २७१ कम्पनीको ३२ लाख ३ हजार ४४६ कित्ता शेयर किनबेच हुँदा ९५ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।
सेयर गर्नुहोस्