
हेर्टौंडा|मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीले सोमबार अपराह्न ३ः१० बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, चौकिटोलस्थित चौकि अगाडि हेटांैडा–भँैसे सडकखण्डबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको.कैलाश गाउँपालिका–५, गोगने बस्ने ४२ वर्षीय राम बहादुर मोक्तान रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, प्रहरीले भँैसेबाट हेटांैडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००१ ख १७८२ नम्वरको बसलाई रोकि चेकजाँच गर्ने क्रममा बसमा सवार मोक्तानको साथबाट लागूऔषध गाँजा २ किलो ९०० ग्राम बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
यस्तै, प्रहरीले सोमबार नै हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मन्दिरस्थित बिद्युुत प्राधिकरण अगाडिबाट लागूऔषध ओनरेक्स ८ बोतल (प्रतिबोतल १०० एमएल) सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ४, निबुवाटार बस्ने अन्दाजी वर्ष २९ को दिनेश लामा रहेका छन् । उनलाई विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयमा ल्याइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

