यूएईलाई हराउँदै नेपाल बन्यो प्रिमियर कप च्याम्पियन

हेटौंडा टुडे
१९ बैशाख २०८०, मंगलवार १२:०५

हेर्टौंडा| एसिसी प्रिमियर कप क्रिकेटको उपाधि नेपालले जितेको छ । मंगलबार काठमाडौंमा सम्पन्न फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । योसँगै नेपाल एसिया कपमा छनोट भएको छ ।

सेप्टेम्बरमा हुने एसिया कपमा नेपालले समूह ‘ए’ मा भारत र पाकिस्तानको सामना गर्नेछ । फाइनलमा यूएईले दिएको १ सय १८ रनको लक्ष्य ३०.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुलशन झाले अर्धशतकीय पारी खेले ।

८४ बलको सामना गरेका उनले ४ छक्का र ३ चौकाको मद्दतमा अविजित ६७ रन बनाए । त्यस्तै, भीम सार्कीले ७२ बलमा ४ चौकासहित अविजित ३६ रनको योगदान दिए ।

कुशल भुर्ते, कप्तान रोहित पौडेल १–१ र आसिफ शेख ८ रनमा आउट भए । यूएईका लागि रोहन मुस्तफाले २ र अयान अफ्जल खानले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image