शान्तिको महान अभियानमा लाग्न प्रेरणा मिलोस्: पौडेल

हेटौंडा टुडे
२२ बैशाख २०८०, शुक्रबार ११:५६

हेटौंडा| राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम हुने बताएका छन् ।
२५६७ औं बुद्ध जयन्तीको अवसरमा दिएको शुभकामना सन्देशमा राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएको हो । राष्ट्रपति पौडेलले गौतम बुद्धले प्रतिपादन गरेको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने उनको भनाइ छ ।

उनले बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको स्मरण गर्दै एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महान अभियानमा लाग्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*