अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त

हेटौंडा टुडे
२३ बैशाख २०८०, शनिबार १६:१३

हेटौंडा|अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ ।

एफ-१६ लडाकु विमान राजधानी सियोलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकमा स्थानीय समय अनुसार बिहान ९स्३१ बजे खेतबारीमा दुर्घटनाग्रस्त भएको थियो । युनाइटेड स्टेट्स फोर्सेस कोरियाको प्रमुख सैन्य अड्डा रहेको शहर हो ।

दुर्भाग्यपूर्ण लडाई विमानमा सवार एक पाइलट दुर्घटना हुनु अघि भागेका थिए । लडाकु विमानको अधिकांश भाग जलेको छ । घटनास्थल नजिक कुनै घर लगायत अन्य संरचना नभाएकाले अरु कुनै क्षति नभएको प्रहरी अधिकारीले बताएका छन् । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image