थपिए ३२ कोरोना संक्रमित

हेटौंडा टुडे
२४ बैशाख २०८०, आईतवार १६:४१

हेटौंडा|पछिल्लो चौबीस घण्टामा देशभर ३२ कोरोना संक्रमित थपिएका छन् । एक हजार ९६४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १३३ छ ।

हाल अस्पतालमा भर्ना भएका २० मध्ये आठ आईसीयू र एकजना भेन्टलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image