हेटौडा। संसदमा आजदेखी प्रि-बजेट छलफल शुरू हुने भएको छ । आजदेखि तीन दिनसम्म प्रि-बजेट छलफल हुने भएको हो ।आइतबार बसेको प्रतिनिधिसभाको कार्य व्यवस्था समिति बैठकले बैशाख २५ देखी २८ गतेसम्म प्रि बजेट छलफल गर्ने सहमति गरेको थियो । प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म छलफल हुने र अन्तिम दिन अर्थात बैशाख २७ गते अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने जनाइएको छ ।
आइतबार अर्थमन्त्री डा। प्रकाश शरण महतले आव २०८०र०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
सेयर गर्नुहोस्