भारतमा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

हेटौंडा टुडे
२५ बैशाख २०८०, सोमबार ११:२२

हेटौडा|  भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु रहेका छन् । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको केरला राज्यका एक जना मन्त्री वी अब्दुराहमानले जानकारी दिए ।
दुर्घटनास्थलमा गएरातिदेखि आज बिहानसम्म पनि खोज तथा उद्धार कार्य जारी छ । सो डुंगामा ४० जना सवार थिए ।

भारतीय सरकारले उक्त दुर्घटनामा परेर मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image