बागमती प्रदेश सभा सचिवालयमा आज सर्वदलीय बैठक बस्ने

हेटौंडा टुडे
२५ बैशाख २०८०, सोमबार ११:३१

हेटौडा | बागमती प्रदेश सभा सचिवालयमा आज सर्वदलीय बैठक बस्ने भएको छ । बैठक आज अपराह्न बस्ने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उक्त सर्वदलीय बैठकले आगामी बजेट अधिवेशनको लागि मिति तोक्ने र बागमती प्रदेश सरकारद्वारा प्रस्तुत गरिने आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको सैद्धान्तिक पक्ष र पूर्ण तयारीसम्बन्धी विषयमा छलफल गरी आगामी प्रदेश सभाको बैठकमा प्रस्तुत गर्न कार्यसूची तयारी गरिने भएको प्रमुख सचिव खड्काले बताए ।

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन गत बैशाख १३ गते राति अन्त्य गरिएको थियो ।

बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३, नेकपा समाजवादी केन्द्रका ७, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*