ए डिभिजन लिगमा आज तीन खेल हुँदै

हेटौंडा टुडे
२६ बैशाख २०८०, मंगलवार ११:१९

हेटौंडा|शहीद स्मारक ए डिभिजन लिगमा आज ३ खेल हुने भएको छ । दुई खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुने भएको हो ।

खेल दिउँसो ३ बजे र साँझ ६ बजेबाट सुरु हुनेछन् । च्यासलमा ३ बजे सुरु हुने खेलमा सङ्कटा क्लब र रोयल ब्लू सातदोबाटो यूथ क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने खेलमा थ्री स्टार क्लब र न्युरोड टिमबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, आज नै दशरथ रङ्गशालामा हुने दोस्रो खेलमा साँझ ६ बजे जावलाखेल यूथ क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image