हेटौंडा|दार्चुलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सोमबार साँझ परेको चटयाङ लागेर शैल्यशिखर नगरपालिका–३ दुवेडीका १५ वर्षीय नरेश खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सोही चटयाङमा परेर ४० वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री घाइते भएका छन् । सोमबार साँझ खेतमा काम गरिरहेको अवस्थामा उनीहरु नजिक चटयाङ परेको थियो ।
सेयर गर्नुहोस्