प्रहरीको गोली लागेर दुई जना घाइते

हेटौंडा टुडे
२७ बैशाख २०८०, बुधबार १०:३६

हेटौंडा| झापामा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाले निकालेको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

मंगलबार साँझ झापाको दमकमा भएको झडपका क्रममा प्रहरीतर्फ ५ जना र प्रदर्शनकारीतर्फ २ जना घाइते भएका झापा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, प्रदर्शनकारीले बालेको राँकोले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरी र प्रदर्शनकारी दुबैतर्फका घाइतेको अवस्था सामान्य रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*