हेटौडा । संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । नेपाली कांग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनी काठमाडौंको सिफलमा बस्दै आएका थिए । सोलुखुम्बुमा जन्मेका बस्नेत नेपाली कांग्रेसको राजनीतिमा लामो समयसम्म सक्रिय थिए । कांग्रेसको केन्द्रीय सदस्यसमेत भएका बस्नेतले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षसमेतको जिम्मेवारी सम्हालेका थिए ।
सेयर गर्नुहोस्