हेटौडा। खोटाङको शुभद्रा मदन फाउन्डेसनका संस्थापक ७५ वर्षीय मदन राई पक्राउ परेका छन् । फाउन्डेसनमा बसेर अध्ययन गर्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई खोटाङ प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फाउन्डेसनबाटै शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङले जानकारी दिए । उनको बारेमा लिखित र मौखिक उजुरी आएकाले पक्राउ गरि अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक मुकारूङले जनाए ।
राईले बालिका र किशोरीका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको समाचार बाहिर आएको थियो ।
सेयर गर्नुहोस्