हेटौँडा । सहकारी चोरी गरेर ३३ लाख रुपैँया लिएर फरार भएका दुईजना मकवानपुरबाट पक्राउ परेका छन् । काभ्रेको पनौती नगरपालिका वडा नंबर ७ स्थित पनौती सामुदासयक सहकारीमा चोरी गरि ३३ लाख लिएर फरार भएको दुईजना मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाबाट पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ ।
गत बैशाख १७ गते सहकारीबाट ३३ लाख रुपैया चोरी गरि फरार इन्द्रसरोबर ५ बस्ने ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकबर लामा लाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिईएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए । उनिहरुको साथबाट नगद ५ लाख ४५ हजार, एक नाले भरुवा बन्दुक र रड समेत बरामद भएको उनले बताए ।
सेयर गर्नुहोस्