हेटौंडा|पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान सकिएको छ । नक्कली भुटानी शरणार्थी प्ररकणमा गत बैशाख ३१ गते आईतबार पक्राउ परेका रायमाझीको सरकारी वकिलको कार्यालयमा सकिएको हो ।
जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप गरिएसँगै सोमबार प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो । रायमाझीको बयान सकिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।
शरणार्थीको नाममा ठगेको आरोपमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण र पूर्व सभासद आङटावा शेर्पासहित १४ जनालाई पक्राउ गरिएको छ ।
सेयर गर्नुहोस्