शेयर बजार सामान्य अंकले बढ्यो

हेटौंडा टुडे
२ जेष्ठ २०८०, मंगलवार १६:२३

हेटौंडा|शेयर बजार सामान्य अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.२९ अंकले बढेको हो । ०.१८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८२१.६० अंकमा उक्लिएको छ ।

आज २६९ कम्पनीका २० लाख ६३ हजार ७ सय ३७ कित्ता शेयर किनबेच हुँदा ६४ करोड १ लाख १७ हजार २ सय ६०.५२ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार बढेको दिन आज आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ९.९९ प्रतिशतले नाफा कमाएका छन् भने आजैबाट कारोबार शुरु भएको माई खोला हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।

एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ५ करोड १ लाख ४६ हजार ३ सय ६१.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार १६.९६ अंकले बजार घट्दा ९० करोड ५ लाख ६३ हजार ८ सय ५६.२५ रुपियाँ र हिजो सोमबार ३.३४ अंकले बजार घट्दा ६९ करोड ७८ लाख २ हजार २ सय ५२.१८ रुपियाँ बराबरको कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*