हेटौडा| साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ८०० रुपैयाँले घटेपछि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार भने सुनको मूल्य स्थिर रहेको थियो। सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ। यसअघि सोमबार भने चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।
सेयर गर्नुहोस्