नेप्से ५१ अंकले बढ्यो

हेटौंडा टुडे
९ जेष्ठ २०८०, मंगलवार १६:२४

हेटौडा|आज साता कारोकारको तेस्रो दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ । लामो समयसम्म १८ सयको विन्दुमा कायम रहेको नेप्से सूचक आज ५१ अंकले बढेर १९४२ विन्दुमा पुगेको छ ।

शेयर बजारमा एकाएक उछाल आएसँगै आज कारोबार रकम समेत बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब २० करोडमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक उत्पादन तथा प्रशोधन उपसूचक ४.०५ प्रतिशत र माइक्रोफाइनान्स उपसूचक ४.०३ प्रतिशतले बढ्न पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*