हेटौंडा | पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ नयाँबस्तीमा यात्रुबाहक बसको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नं.७ सुनाचुरीकी ७१ वर्षीय मनमाया थिङ रहेकी छन् ।
बुधबार बिहान गौरबाट काठमाडौंतर्फ जादै गरेको ना.५ख १७४० नम्बरको यात्रुबाहक बसले ठक्कर दिदा थिङ गम्भिर घाइते भएकी थिइन् । उनको उपचारको लागि हेटौडामा ल्याईएकोमा डाक्टर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
बस र बस चालक इलाका प्रहरी कार्यालय खैरहनी चितवनको नियन्त्रणमा रहेको छ ।
सेयर गर्नुहोस्