हेटौंडा| नवनियुक्त मन्त्री वीरेन्द्रकुमार महतो र राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
वन तथा वातावरणमन्त्री महतोलाई बुधबार बिहान राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।
यस्तै, शिक्षा राज्यमन्त्री प्रमिला कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्डले शपथ गराएका हुन् ।
मंगलबार प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी जसपाका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए ।
सेयर गर्नुहोस्