यात्रा गर्ने क्रममा झ्याँलबाट हात बाहिर निकाल्दा मनहरीमा हात चुँडिएर यात्रुको मृत्यु

हेटौंडा टुडे
१३ जेष्ठ २०८०, शनिबार १४:०७

हेटौंडा । मकवानपुरमा बसमा यात्रा गर्ने क्रममा बसको झ्यालबाट हात बाहिर निकाल्दा हात चुडिएर एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नं.९ रजैयामा बसको झ्याँलबाट हात बाहिर निकाल्दा हात चुँडिएर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० बर्षीय पुरुष रहेका र मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार  शनिबार बिहान बसको सिटमा बसेर झ्यालबाट हात बाहिर निकाल्दा अर्कोतिरबाट आएको ट्रकले च्याप्दा ती पुरुषको पाता भन्दामुनिको भाग चुँडिनुका साथैं निधारमा चोट लागेको थियो । दाहिने हातको टुक्रा पछि प्रहरीले उद्धार गरी अस्पताल पठाएको थियो । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरिले जनाएको छ । हेटौंडातर्फबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनि ट्रकले बिपरित दिशाबाट आउदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा आपसमा सडक क्रस गर्ने क्रममा च्यापिएर ती पुरुषको हात चुँडिएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*